मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेवातालमा फसेका ८ जनाको उद्धार

फेवातालमा फसेका ८ जनाको उद्धार

न्यूजस्टोरी

कास्की  । हावाहुरीका कारण पोखराको फेवातालमा फसेका ८ जनाको उद्धार भएको छ । सोमबार दिउँसो अचानक हावाहुरी चल्दा स्ट्यान्ड अप प्याडल बोर्डबाट तालमा खसेका र अलपत्र परेका ८ जनाको उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर २४ गण हेडक्वार्टर कालिका प्रमुख एसपी सूर्य तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार ८ जनामध्ये ६ जना हावाहुरी चलेपछि प्याडल बोर्डमै सवार रहेको अवस्थामा तालको बीच भागमा अलपत्र परेका थिए ।

बाँकी २ जना चितवनका रेशम थापा र कास्कीका विजय सुनारको तालमा खसेको अवस्थामा उद्धार गरिएको उनले बताए । सशस्त्र प्रहरी बल र नेपाल आर्मीको टोली उद्धारमा खटिएको थियो ।