मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघका कार्यकर्ताद्वारा रत्नराज्यलक्ष्मी क्याम्पसमा तोडफोड

नेविसंघका कार्यकर्ताद्वारा रत्नराज्यलक्ष्मी क्याम्पसमा तोडफोड

न्यूजस्टोरी

काठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले तोडफोड गरेका छन्। सर्वसम्मत रूपमा स्ववियुको नयाँ कार्यसमिति चयन गरेको विषयमा असहमति जनाउँदै आएको नेविसंघले तोडफोड गरेको हो।नेविसंघको एउटा समूहले प्रशासन कक्षका ल्यापटप र कुर्सीहरू माथिल्लो तलबाट फालेका थिए । त्यस्तै महत्त्वपूर्ण कागजात समेत च्यातच्युत गरेका छन्। आरआरमा स्ववियु निर्वाचन हुन नसकेपछि सर्वसम्मत रूपमा स्ववियु कार्यसमिति चयन गरिएको थियो । अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार बनेका लोकेश खड्काको अध्यक्षतामा स्ववियु घोषणा गरिएको थियो । नेविसंघबाट समेत स्ववियु सचिवमा शैलेन्द्र उपाध्याय चयन भएका थिए।

त्यसको विरोध गर्दै नेविसंघबाट अध्यक्षका उम्मेदवार बनेका विनोद जोशीले असहमति जनाएका थिए। उनी लगायत विभिन्न संगठन तथा समूहबाट उम्मेदवार बनेका ६ जनाले उच्च अदालत पाटनमा रिट समेत दायर गरेका छन्।उक्त कार्यको विरोध गर्दै आज नेविसंघले कलेजमा प्रदर्शन गरेको थियो र त्यही क्रममा तोडफोड गरेको हो। नेविसंघले तोडफोड गरेको विषयमा स्ववियुले आपत्ति जनाएको छ। तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

नेविसंघका अध्यक्षका उम्मेदवार विनोद जोशीले आज आन्दोलनको क्रममा क्याम्पस प्रमुखको कार्यकक्षमा भएको तोडफोडको जिम्मेवारी क्याम्पस प्रमुख स्वयम् र निर्वाचन अधिकृतले लिनुपर्ने बताए ।

क्याम्पसका विद्यार्थी, प्राध्यापक र कर्मचारी मध्ये ९० प्रतिशत अवैधानिक स्ववियु कार्यसमिति गठनप्रति असन्तुष्ट रहेको उनको भनाइ छ।काठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले तोडफोड गरेका छन्। सर्वसम्मत रूपमा स्ववियुको नयाँ कार्यसमिति चयन गरेको विषयमा असहमति जनाउँदै आएको नेविसंघले तोडफोड गरेको हो।नेविसंघको एउटा समूहले प्रशासन कक्षका ल्यापटप र कुर्सीहरू माथिल्लो तलबाट फालेका थिए । त्यस्तै महत्त्वपूर्ण कागजात समेत च्यातच्युत गरेका छन्। आरआरमा स्ववियु निर्वाचन हुन नसकेपछि सर्वसम्मत रूपमा स्ववियु कार्यसमिति चयन गरिएको थियो । अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार बनेका लोकेश खड्काको अध्यक्षतामा स्ववियु घोषणा गरिएको थियो । नेविसंघबाट समेत स्ववियु सचिवमा शैलेन्द्र उपाध्याय चयन भएका थिए।

त्यसको विरोध गर्दै नेविसंघबाट अध्यक्षका उम्मेदवार बनेका विनोद जोशीले असहमति जनाएका थिए। उनी लगायत विभिन्न संगठन तथा समूहबाट उम्मेदवार बनेका ६ जनाले उच्च अदालत पाटनमा रिट समेत दायर गरेका छन्।उक्त कार्यको विरोध गर्दै आज नेविसंघले कलेजमा प्रदर्शन गरेको थियो र त्यही क्रममा तोडफोड गरेको हो। नेविसंघले तोडफोड गरेको विषयमा स्ववियुले आपत्ति जनाएको छ। तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

नेविसंघका अध्यक्षका उम्मेदवार विनोद जोशीले आज आन्दोलनको क्रममा क्याम्पस प्रमुखको कार्यकक्षमा भएको तोडफोडको जिम्मेवारी क्याम्पस प्रमुख स्वयम् र निर्वाचन अधिकृतले लिनुपर्ने बताए ।

क्याम्पसका विद्यार्थी, प्राध्यापक र कर्मचारी मध्ये ९० प्रतिशत अवैधानिक स्ववियु कार्यसमिति गठनप्रति असन्तुष्ट रहेको उनको भनाइ छ।