काठमाडौं, २१ बैशाख । नेकपा (माओवादी केन्द्र)ले मध्यपहाडी लोकमार्ग अभियान संचालन गर्ने भएको छ ।
झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जनजागरण अभियान पुरा गरेर उत्साहित भएको माओवादीले अब मध्यपहाडी लोकमार्ग अभियान संचालन गर्ने भएको हो ।
अध्यक्ष प्रचण्डको निवास खुमलटारमा माओवादीको आज बसेको पदाधिकारी बैठकले जेठ २ गतेदेखि ‘पुष्पलाल मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले तराइ मधेश जागरण अभियानको समीक्षा पनि गरेको छ । सो अभियानले पार्टीप्रति जनविश्वास बढेको र राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको माओवादीले निस्कर्ष निकालेको छ । अभियानमा सहभागी जनताप्रति माओवादी धन्यवाद दिएको छ ।


प्रतिक्रिया