काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
उनलाई कमलादीस्थित प्रज्ञा भवनबाट सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् । चौधरीलाई त्यहाँबाट डिल्लीबजार कारागार लगिएको छ । रेशमका भाइ मीठूलाल चौधरीले रेशम पक्राउ परेको जानकारी दिए । ‘एक्कासी उहाँलाई पक्राउ गरेर डिल्ली बजार कारगारमा राखिएको छ । हामी अहिले त्यहीँ छौँ,’ उनले नेपालभ्युजसँग भने ।
जनमत पार्टी र नागरिक उन्मुक्तिबीच बुधबार एकता गर्ने तयारी थियो । त्यसकै लागि चौधरी कमलादी पुगेका थिए ।


प्रतिक्रिया