मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुस र युक्रेन सम्झौताको धेरै नजिक : अमेरिकी राष्ट्रपति ट्रम्प

रुस र युक्रेन सम्झौताको धेरै नजिक : अमेरिकी राष्ट्रपति ट्रम्प

न्यूजस्टोरी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन सम्झौताको धेरै नजिक रहेको बताउनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र राजदूत स्टीव विटकफले मस्कोमा वार्ता गरे लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले रूस र युक्रेन सम्झौताको धेरै नजिक पुगेका प्रतिक्रिया दिनुभएको बीबीसीले जनाएको छ ।

ट्रम्पले धेरैजसो प्रमुख बुँदाहरूमा सहमति भएको र रूस र युक्रेनलाई धेरै उच्च स्तरमा भेट्न र सम्झौता पूरा गर्न आग्रह गर्नुभएको छ ।

पुटिन र ट्रम्पका दूत विटकफबीच मस्कोमा तीन घण्टा कुराकानी भएको हो । रुसले यो कुराकानीपछि रचनात्मक रहेको प्रतिक्रिया जनाएको छ । पुटिनका सहयोगी यूरी उशाकोभका अनुसार रुस र युक्रेनबीच सीधा वार्ता फेरि शुरू हुने सम्भावना छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्किीले आफ्ना सहयोगीसँग रुसमाथि अधिक दबाब दिन आग्रह गर्नुभएको छ । रुसले सन् २०२२ मा युक्रेनमा आफ्नो पूर्ण–स्तरको आक्रमण शुरू गरेको थियो ।