मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरीको बराहक्षेत्रबाट एक सय ७७ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरीको बराहक्षेत्रबाट एक सय ७७ किलो गाँजासहित दुई जना पक्राउ

न्यूजस्टोरी

काठमाडौं, १३ बैशाख । सुनसरीको बराहक्षेत्रबाट एक सय ७७ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिर नजिकैबाट सिलमारा बस्ने ३० वर्षीय दिपक राई र धनकुटाको शहिदभूमि गाउँपालिका–१ छिन्ताङ्ग बस्ने ५७ वर्षीय धनबहादुर राईलाई गाँजासहित पक्राउ गरेको हो ।

झाडीमा लुकाइ राखेको अनि अर्को ठाउँमा लैजान तयारी भइरहेको अवस्थामा गाँजासहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चतराबाट खटिएको सुरक्षा टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई बरामद गाँजासहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।