मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपा सभापति लामिछानेलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको आग्रह

रास्वपा सभापति लामिछानेलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको आग्रह

न्यूजस्टोरी

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । प्रचण्डलाई भेट्न लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्नुभएको हो।

भेटमा प्रचण्डले उपचुनावमा विजयी भएकोमा लामिछानेलाई बधाई दिँदै सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएका मुद्दा र सवाललाई अहिलेको सरकारले सम्बोधन गर्ने प्रयास गरिरहेको भन्दै सरकारमा सहभागी हुन आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । तर सभापति लामिछानेले भने सरकारले देश र नागरिकका समस्या एकातिर पञ्छाएर गलत निर्णय गरिरहेको भन्दै असन्तुष्टि पोख्नुभएको छ ।

उहाँले प्रधानमन्त्री प्रचण्डलाई अहिले नै सरकारमा सहभागी भइहाल्ने अवस्था नरहेको पनि जवाफ दिनुभएको छ । उहाँले भोलि हुने केन्द्रीय समिति र संसदीय दलको बैठकबाट यो विषयमा निर्णय लिने सम्भावना रहेको पनि बताउनुभएको छ।