मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

न्यूजस्टोरी

काठमाडौं । देशभरि भूकम्प स्मृति दिवस मनाइरहँदा सिन्धुपाल्चोकमा भूकम्प गएको छ।

जिल्लाको फुलपिङकोटमा विहान ११ः५३ बजे भूकम्प गएको हो । शुक्रबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प जाँदा करिब ९ हजार मानिसको ज्यान गएको थियो भने करिब २२ हजार मानिस घाइते भएका थिए। ६ लाख घर क्षतिग्रस्त भएका थिए। त्यतिबेला सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको थियो।

आज बिहानको भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो तर सो भूकम्पले क्षति पुगेको भने छैन।