काठमाडाैं । जम्मू–कश्मीरको बान्दीपोरामा भारतीय सुरक्षा फौज र आतङ्ककारीबीच भिडन्त भएको छ ।
बान्दीपोरामा शुक्रबार बिहान दुई समूहबीच मुठभेड भएको हो । भारतीय सेनाको चिनार कोप्र्सले सामाजिक सञ्जाल एक्समार्फत यस मुठभेडबारेमा जानकारी दिएको छ ।
‘विशेष गुप्तचरको सहयोगमा आतङ्ककारीहरूको उपस्थितिका बारेमा भारतीय सेना र जम्मू कश्मीर प्रहरीले बन्दीपोराको कोल्नेर अजस क्षेत्रमा संयुक्त खोजी अभियान सुरु गरेको छ,’ जहाँ लेखिएको छ । सेनाका अनुसार अतिवादीहरूसँगको मुठभेड अझै जारी छ ।यसअघि बिहीबार उधमपुरमा सुरक्षाबल र आतङ्ककारीहरूबीच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको थियो मङ्गलबार जम्मू–कश्मीरकै पहलगामा आतङ्कवादी हमला भएको थियो । यस आक्रमणमा २६ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।
यस घटनामा एक नेपालीले पनि ज्यान गुमाएका छन् ।


प्रतिक्रिया