मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धादिङमा नालीमा एक व्यक्तिको शव फेला 

धादिङमा नालीमा एक व्यक्तिको शव फेला 

न्यूजस्टोरी

धादिङ । धादिङको रुवीभ्याली गाउँपालिका– ४ बोराङका सुकबहादुर लामा नालीमा मृत भेटिएका छन् । नीलकण्ठ नगरपालिका–४ रायटार प्लटिङमा नालीमा मृत भेटिएका हुन् । प्लटिङबाट आँपखोलातर्फ जाने सडकको नालीमा लडिरहेको अवस्थामा करिव ५५ वर्षीय लामा मृत भेटिएको रुवीभ्याली गाउँपालिका–४ का वडा अध्यक्ष प्रशान्त तामाङले जानकारी दिए । सुक बहादुर लामाको परिवार केही समयअघिदेखि प्लटिङ नजिकै बस्दै आएका थिए ।

मृत लामा भेटिएको क्षेत्रमा हिजो राति युवाहरुबीच होहल्ला भएको र सामान्य झगडा पनि भएको स्थानीयहरुले बताएका छन् । घटनास्थलमा अहिले प्रहरीले शिल गरी अनुसन्धान गरिरहेको छ । घटनास्थलबाट शव उठाएर मृत्युको कारणबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।