मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रघुजी पन्तले लिए मन्त्रीपदको सपथ

रघुजी पन्तले लिए मन्त्रीपदको सपथ

न्यूजस्टोरी

काठमाडौं, ११ बैशाख । विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि नियुक्त भएका नवनियुक्त शिक्षा तथा विज्ञान प्रबिधि मन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार पन्तलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।
शिक्षक महासंघको आन्दोलन दिनदिनै चर्कँदै गएका बेला मन्त्रिपरिषदबाट शिक्षकहरुको माग सम्बोधन गराउन नसकेपछि विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।