मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायली सेनाले स्वीकार्‍यो आफ्नो गल्ती

गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायली सेनाले स्वीकार्‍यो आफ्नो गल्ती

न्यूजस्टोरी

इजरायली सेनाले गएको महिना गाजामा १५ जना आपतकालीन क्षेत्रका डाक्टर र कर्मचारीको ज्यान जानुमा आफ्नो गल्ती भएको स्वीकार गरेको छ ।

यस घटनाको अनुसन्धानको क्रममा, इजरायली सेनाले आफ्नै धेरै कमजोरीहरू भएको बताएको हो । सेनाले आफ्नो प्रतिवेदनमा अनुसन्धानको क्रममा अपूर्ण र गलत सूचना दिने अधिकारीलाई बर्खास्त गरिएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

गएको मार्च २३ मा, प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी प्रयोग गरेको एम्बुलेन्सहरूसँगै संयुक्त राष्ट्र सङ्घको कार र दमकल पनि समावेश थियो ।

यही गाडीहरुमा इजरायली सेनाले गोली चलाएको थियो । यस घटनामा १४ जना आपतकालीन सेवा कर्मचारी र एक जना संयुक्त राष्ट्र सङ्घका कर्मचारीको ज्यान गएको थियो ।

इजरायली सेनाले अँध्यारोमा पनि हेडलाइटविना शङ्कास्पद रूपमा गाडी चलाइरहेकाले गोली चलाएको बताएको थियो ।

यी गाडीहरूको आवतजावतको बारेमा सेनालाई पहिले जानकारी नदिएकाले घटना भएको सेनाको दाबी छ ।