मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनआन्दोलन समितिले भन्यो– धवलशम्शेर राणालाई उपचारका लागि मुम्बई जान दिइएन

जनआन्दोलन समितिले भन्यो– धवलशम्शेर राणालाई उपचारका लागि मुम्बई जान दिइएन

न्यूजस्टोरी

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले प्रहरी हिरासतमा रहेका धवलशम्शेर राणालाई सरकारले उपचार गर्न नदिएको आरोप लगाएको छ । शुक्रबार एक विज्ञप्तिमार्फत समितिका प्रवक्ता स्वागत नेपालले राणालाई फलोअपका लागि जान नदिने षड्यन्त्रमा सरकार लागेको आरोप लगाएका छन् ।

“उहाँलाई यसपूर्व नै नियमितरूपमा आवधिक परीक्षणका लागि चिकित्सकले नै दिएको समयमा भारतको मुम्बईमा उपचारका लागि जानुपर्नेमा त्यसतर्फ फलोअपका लागि जान नदिने षड्यन्त्रमा सरकार लागेकामा आपत्ति प्रकट गर्दै त्यसतर्फ उपचारका लागि पठाउन जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

समितिले उनको अवस्था गम्भीर रहेको बताएको छ । समितिले राणालाई पूर्ववत् चिकित्सक र अस्पतालमै उपचार गराउने व्यवस्थाका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार समुदायसँग आवाज उठाइदिन पनि आग्रह गरेको छ ।

चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको आरोपमा राणासहितले प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।