मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड बन्दै, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड बन्दै, आज कतिमा हुँदैछ कारोबार ?

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेको छ । बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ। बुधबार सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । बुधबार १९ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार १९ सय ६० रुपैयाँ कायम भएको हो ।