मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब टियूको ट्रान्सक्रिप्ट निकाल्न बल्खु धाउन नपर्ने, अनलाइनबाटै यसरी आवेदन दिन सकिन्छ

अब टियूको ट्रान्सक्रिप्ट निकाल्न बल्खु धाउन नपर्ने, अनलाइनबाटै यसरी आवेदन दिन सकिन्छ

न्यूजस्टोरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अब अनलाइनबाट नै आवेदन दिन सकिने भएको छ ।

आज बिहान ११ बजेबाट सेवा सुचारु हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । उनले अन्य सेवाहरू पनि क्रमशः लागू गर्दै जाने बताए ।

आगामी जेठ १५ गतेबाट त्रिविपनिका बल्खुबाट दिइने सम्पूर्ण सेवाहरू अनलाइनबाट नै सञ्चालन हुने उनले बताए ।अनलाइनमा फारम भर्न student.tuexam.edu.np मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भरेर तोकिएको शुल्क तिरी submit गर्नुपर्ने उनले बताए ।

यसका लागि रजिष्ट्रेशन कार्डमा उल्लेख भएअनुसार मार्कसीटहरुमा एकरुपता भए सोही अनुसार गर्ने नभए करेक्सन अप्सनमा गएर सच्याएर गर्न सकिने बताइएको छ ।

अनलाइन वितरण गरिएका मार्कसीटबाहेक सो भन्दा पूर्व वितरण गरिएका पहेँलो सक्कल मार्कसीटमा फरक पर्न गएर एप्लिकेशन आइडीको स्लिप र सो मार्कसीट तोकिएको गोप्य शाखामा बुझाउनुपर्ने बताइएको छ ।

यी सबै प्रक्रिया पूरा गरेपछि प्राप्त निर्देशन अनुसार ट्रान्सक्रिप्ट संकलन गर्न पनिकाले आग्रह गरेको छ ।