मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्रामक समाचार सम्प्रेषण गरिएको भन्दै मधेस टुडे अनलाइन विरुद्ध प्रेस काउन्सिलमा उजुरी

भ्रामक समाचार सम्प्रेषण गरिएको भन्दै मधेस टुडे अनलाइन विरुद्ध प्रेस काउन्सिलमा उजुरी

न्यूजस्टोरी

वीरगन्ज । चरित्र हत्या गर्न गलत र भ्रामक समाचार सम्प्रेषण गरिएको भन्दै ‘मधेस टुडे’ नामक अनलाइनका विरुद्धमा प्रेस काउन्सिलमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका युवा नेता एजाज बाबुले उक्त अनलाइले आफुविरुद्ध गलत र भ्रामक समाचार लेखेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएका हुन् ।

संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवसँग नाम जोडेर तथ्यहिन समाचार प्रकाशन गरिएको भन्दै उनले अनलाइनलाई कारबाहीको माग गर्दै उजुरी दिएका छन् । उक्त अनलाइनले बिहीबार ‘योजनाको चिठ्ठीका लागि खानेपानी मन्त्री यादवका एजेन्टको आतंक’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । सो समाचार भ्रामक भएको भन्दै उनले अनलाइनलाई कारबाही गर्न काउन्सिलको ध्यानाकर्षण गराएका छन् ।

‘तथ्यहीन समाचारमा मेरो समेत नाम जोडेर प्रकाशन भएको रहेछ ।’ उजुरीमा उनले भनेका छन्, ‘पत्रकारिताको मूल्य, मान्यता र आचारसंहिताको ठाडो उल्लंघन गर्दै मेरो नाम जोडेर चरित्र हत्या गरि मान, प्रतिष्ठामा आघात पु¥याएकाले छानबिन गरि यसमा संलग्नलाई अबिलम्ब कारवाहीको लागि यो निवेदन पेस गरेको छु ।’
उनले एक दशकभन्दा लामो समयदेखि निष्ठाको राजनीति गरिरहेको भन्दै आरोप पुष्टि गर्न चुनौती समेत दिएका छन् । नेता बाबुले गलत मनशायका साथ कपोकल्पित रुपमा समाचार बनाइएको भन्दै त्यसप्रकारको गतिविधिमा आफ्नो कुनै प्रकारको संलग्नता नरहेको बताए । उनले मधेस टुडे अनलाइनलाई हदैसम्मको कारबाही गर्न माग पनि गरेका छन् । ‘निराधार, भ्रमपूर्ण समाचारमाथि अविलम्ब प्रतिबन्ध लगाई सम्बन्धितमाथि छानबिन गरि हदै सम्मको कारबाहीको माग गर्दछु ।’ उनले भनेका छन् ।