मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गा प्रसाईलाई काठमाडौं ल्याइयो, विमानस्थलबाट ‘सुटुक्क’ बाहिर निकालियो

दुर्गा प्रसाईलाई काठमाडौं ल्याइयो, विमानस्थलबाट ‘सुटुक्क’ बाहिर निकालियो

न्यूजस्टोरी

काठमाडौं । काठमाडौं तीनकुनेको हिंसात्मक आन्दोलनपछि फरार राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईलाई प्रहरीले काठमाडौं ल्याइएको छ । उनलाई झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएर चन्द्रगढीबाट काठमाडौं ल्याइएको हो ।

उनीसँगै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ । उनलाई बुद्ध एयरको विमानमा शुक्रबार मध्याह्न भद्रपुरबाट काठमाडौं ल्याइएको हो । उनलाई सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट बाहिर निकालेको छ । अहिले उनलाई प्रहरी परिसर काठमाडौं पुर्‍याइएको छ । प्रसाईंमाथि अनुसन्धानका लागि आजै म्याद थप गर्ने तयारी भएको छ । प्रहरीले अहिले कागजात मिलाइरहेको छ । उनलाई आजै म्याद थपका जिल्ला अदालत काठमाडौं लग्नेछ ।