मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रकले साइकललाई ठक्कर दिंदा दिदीको मृत्यु, बहिनी घाइते

ट्रकले साइकललाई ठक्कर दिंदा दिदीको मृत्यु, बहिनी घाइते

न्यूजस्टोरी

सर्लाही । सर्लाहीको हरिपूर्वामा आज (शुक्रबार) ट्रकलेसाइकललाई ठक्कर दिंदा दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छन्। बाँके–संग्रामपुर सडकखण्ड अन्तर्गत हरिपुर्वा नगरपालिका –९ मिर्चैया बजारमा ना ५ ख ३८५८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा ईश्वरपुर नगरपालिका– १३ की १७ वर्षीया अञ्जलीकुमारी महतोको ज्यान गएको प्रहरीले जनाएको छ ।

साइकलमा पछाडि बसेकी उनकी १५ वर्षीया बहिनी पूजाकुमारी घाइते भएकी छिन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक हरिवन नगरपालिका– १० ताइवान टोलका ३१ वर्षीय लक्ष्मण विक प्रहरी नियन्त्रणमा छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।