मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपाली यू-१९ टिम विजयी

अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपाली यू-१९ टिम विजयी

न्यूजस्टोरी

काठमाडौ । नेपाली यू-१९ टिमले अफगानिस्तानको यू-१९ टिमलाई अन्तिम खेलमा पराजित गरेको छ । नेपालले अफगानिस्तानलाई डिएलएस मेथड अनुसार ८५ रनले पराजित गरेको हो ।

नेपालले दिएको १९२ रनको लक्ष्य पछाएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाउदै ४६ रन बनाएपछि बर्षाले खेल रोकिएको थियो । बर्षा नरोकिएपछि खेलको निर्णय डिएलएस मेथडबाट गरिएको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै नेपालले ४४.५ ओभरमा अल आउट हुदै १९१ रन बनाएको थियो ।

नेपालका लागि शाहील पटेलले सर्बाधिक ४६ रन बनाएको हो । त्यस्तै निरज कुमार यादवले ४२ रन बनाए भने रोशन विश्वकर्माले २८ रन र नरेन भट्टले २२ रन बनाएका थिए । त्यसैगरी अफगानिस्तानका बलर हाफिज जर्दानले ४ विकेट लिए भने अब्दुल अजिज र जैतुल्लाह शाहिनले २-२ विकेट लिएका थिए । योसँगै अफगानिस्तानले एकदिवसीय सिरिज २-१ ले जितेको छ ।