मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९ अंकले बढ्यो सेयर बजार, ४ अर्ब ४८ करोडको कारोबार

९ अंकले बढ्यो सेयर बजार, ४ अर्ब ४८ करोडको कारोबार

न्यूजस्टोरी

काठमाडौं । सेयर बजारमा आज बुधबार सुधार देखिएको छ । आज नेप्से ९.६६ अकंले बढेर २६७६. २८ बिन्दुमा बन्द भएको हो ।

आज ३१७ कम्पनीको १ करोड ७३ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ।आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरे सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।