मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैत १५ को हिंसाको डंकाः राप्रपाको सभास्थलदेखि सुरक्षाकर्मीको बाक्लो तैनाथी कोटेश्वर भाटभटेनीसम्म

चैत १५ को हिंसाको डंकाः राप्रपाको सभास्थलदेखि सुरक्षाकर्मीको बाक्लो तैनाथी कोटेश्वर भाटभटेनीसम्म

न्यूजस्टोरी

काठमाडौं । राजसंस्था पुनःस्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा सुरु गरेको सभामा बाक्लो संख्यामा सुरक्षाकर्मीको परिचालन गरिएको छ।

चैत १५ गते तीनकुनेमा भएको राजावादीको आन्दोलनका क्रममा भएको हिंसाको डंकाका कारण सरकारले ठूलो संख्यामा सुरक्षाकर्मीको तैनाथी गरेको छ।

बल्खुदेखि कोटेश्वरको भाटभटेनीसम्म सुरक्षाकर्मी परिचालन गरिएको छ। सभाको सुरक्षाका निम्ति प्रहरी र सशस्त्र गरी ७ हजारको संख्यामा सुरक्षा निकायका कर्मचारी परिचालित छन्।

सम्भावित हिंसालाई मध्यनजर गरी नेपाली कांग्रेसको सानेपास्थित मुख्यालयमा पनि प्रहरी परिचालन गरिएको छ।

राप्रपाको सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, नेता पशुपति शमशेर राणा, उपाध्यक्ष विक्रम पाण्डेलगायतले सम्बोधन गर्नेछन्। अहिले सांसदहरुले सम्बोधन गरेका छन्।