मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीनकुने घटना : आगलागी भएको घरको भिडियोमा देखिएकी कुँवर पक्राउ

तीनकुने घटना : आगलागी भएको घरको भिडियोमा देखिएकी कुँवर पक्राउ

न्यूजस्टोरी

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । पत्रकार सुरेश रजक जलेको घरको भिडियोमा उनी देखिएकी थिइन् । उक्त घरमा आगजनी भएपछि मोडल तथा अभिनेत्रीसमेत रहेकी कुँवरले ​फेसबूकमा लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् ।

रजकले भिडियो खिचिरहेको बेला कुँवर ताला लगाएको रेलिङ बाहिर भिडियोमा देखिएकी थिइन् ।

प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा कुँवरलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले जानकारी दिए । एसपी जिसीका अनुसार कुँवरमाथि अनुसन्धान भइरहेको छ ।