मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाण्डौमा शिक्षकहरूको सिठी जुलुस

काठमाण्डौमा शिक्षकहरूको सिठी जुलुस

न्यूजस्टोरी

काठमाडौं, २४ चैत्र । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन् ।

गएको बुधवारदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आज काठमाण्डौको माइतीघरमा सिठी जुलुस निकालेका हुन् । उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका छन् । शिक्षकहरूले हिजो सडकमा सुतेर विरोध जनाएका थिए ।

यसैबीच शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउन भन्दै नेपाल शिक्षक महासङ्घले भोलिदेखि शैक्षिक हडतालको घोषणा गरेको छ । महासङ्घले आज विज्ञप्ति निकालेर शैक्षिक हडतालको घोषणा गर्दै देशभरका शिक्षक र कर्मचारीलाई विद्यालय बन्द गरेर काठमाण्डौ आउन भनेको छ । त्यस्तै शैक्षिक हडतालको अवधिमा उत्तरपुस्तिका परीक्षण, नजिता प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा संलग्न नहुने महासङ्घले जनाएको छ ।

शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर देशभरका शिक्षकहरू आन्दोलनमा छन् । उनीहरू काठमाण्डौ आएर माघ २० गतेदेखि प्रदर्शन गरिरहेका छन् ।

यसअघि सरकारले वार्ताका लागि बोलाको थियो । तर शिक्षकहरू वार्तामा गएका छैनन् । उनीहरूले ऐन जारी गर्नुपर्नेमा जोड दिएका छन् । शिक्षकहरूको आन्दोलनका कारण विद्यालयमा भर्ना अभियान प्रभावित हुनेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशनमा समेत ढिलाइ हुने जोखिम बढेको छ ।