मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध ठूलो प्रदर्शन

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध ठूलो प्रदर्शन

न्यूजस्टोरी

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ । राष्ट्रपतिको पद सम्हालेपछि ट्रम्पविरुद्ध अमेरिकी नागरिकले विरोध गरेको यो पहिलो पटक हो । अमेरिकाका सबै ५० राज्यका झन्डै एक हजार दुई सय ठाउँमा विरोध प्रदर्शन भइरहेको बीबीसीले जनाएको छ ।

ट्रम्पविरुद्ध बोस्टन, शिकागो, लस एन्जलस, न्युयोर्क र वाशिङ्गटन डीसी लगायतका शहरहरूमा हजारौं मानिस भेला भएका छन् । यी विरोध प्रदर्शनहरूलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ । यसको अर्थ ट्रम्पले नागरिकको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हो ।

प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मामिलालगायत धेरै मुद्दाहरूमा राष्ट्रपति ट्रम्पको एजेन्डाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ट्रम्पले विश्वका धेरै देशमा कर लगाउने घोषणा गरेपछि अमेरिकाबाहिर पनि धेरै सभाहरू आयोजना गरिएको थियो । यसमा लन्डन, पेरिस र बर्लिनजस्ता शहरहरू समावेश छन् ।

अमेरिकाको बोस्टनमा केही प्रदर्शनकारीहरूले अमेरिकी विश्वविद्यालयका विद्यार्थीहरूमाथि अध्यागमनसम्बन्धी छापा मारेका कारण विरोध गरिरहेको बताएका छन् । केही समयअघि अमेरिकी विश्वविद्यालयका केही विदेशी विद्यार्थीहरूलाई पक्राउ गरी उनीहरूलाई देश निकाला गरिएको थियो ।

डेमोक्रेटिक सांसहरूको भाषण सुन्न वाशिङ्गटन डीसीमा हजारौं प्रदर्शनकारीहरू भेला भएका थिए । यी भाषणहरूमा ट्रम्प प्रशासनसँग सम्बन्ध धनी व्यक्तिहरूमाथि टिप्पणी गरिएको बीबीसीको खबरमा उल्लेख छ । उनीहरूले राष्ट्रपति ट्रम्पको सल्लाहकारका रूपमा कार्यरत र सरकारी खर्च र जनशक्ति घटाउने प्रयासमा पनि अगुवाइ गर्दै आएका एलन मस्कमाथि पनि टिप्पणी गरेका थिए ।