प्रभात यादव
बारा, २१ चैत्र । रौतहटको गौर यातायात व्यवस्था कार्यालयमा अनियमितता मचाएका अरबिन्द दास अहिले बाराको यातायात कार्यालयमा असुली धन्दा चलाइरहेका छन्। गौर कार्यालयमा रहँदा उनले आफ्ना नातेदारलाई बिचौलियाको भूमिकामा राखी गैरकानुनी रूपमा रकम असुल्दै आएको खुलासा भएको थियो।
समाचार स्रोतका अनुसार, दासले चितवन, नारायणघाट, मकवानपुरलगायतका स्थानका सर्वसाधारणसँग जनही १० हजार रुपैयाँ लिई मोटरसाइकल तथा स्कुटरको लाइसेन्स दिने गरेका थिए । सेटिङमार्फत लाइसेन्स वितरण भइरहेको खबर बाहिरिएपछि प्रदेश यातायात मन्त्रालयले उनलाई मन्त्रालयमा तानेको थियो।
तर केही दिन नबित्दै, मन्त्रालयमा मोटो रकम बुझाएपछि दासलाई पुनः बाराको यातायात कार्यालयमा पठाइएको छ। अहिले पनि उनले मुख्यमन्त्री कार्यालय र यातायात मन्त्रालयका उच्च अधिकारीलाई घूस बुझाएर आफ्ना अवैध धन्दा सञ्चालन गरिरहेका छन्।
समाचार स्रोतका अनुसार, दासले अहिले पनि ट्रायल तथा लिखित परीक्षा पास गर्न नसकेका व्यक्तिहरूबाट मोटो रकम लिई गैरकानुनी रूपमा लाइसेन्स वितरण गरिरहेका छन्। साथै, उनले आफ्नै एकजना नातेदारलाई कार्यालयमा राखेर सेटिङमा लाइसेन्स वितरण गर्ने कार्यलाई निरन्तरता दिएका छन्। सवारी चालक अनुमति पत्रकालागि अनलाईन फर्म लाइसेन्स प्राप्त गर्ने बर्तमान समयमा समेत उनले पर्शा जिल्लाबाट चालक अनुमति पत्रमा पास भएका ब्यक्तिलाई पुन : रौतहटबाट समेत पास गराएको प्रमाण हामीलाई प्राप्त भएको छ । यसले पनि प्रमाणित गर्छ कि उनि लेनदेनको कालो धन्दामा कति मसुर छन् भनेर । यस विषयमा सम्बन्धित निकायले तत्काल छानबिन गरी कारबाही नगरेको खण्डमा यातायात कार्यालयमा व्याप्त अनियमितता अझ बढ्ने देखिन्छ।


प्रतिक्रिया