मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्ववियू निर्वाचन- त्रिचन्द्रमा नेविसंघका कोइराला विजयी

स्ववियू निर्वाचन- त्रिचन्द्रमा नेविसंघका कोइराला विजयी

न्यूजस्टोरी

काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेविसंघ विजयी भएको छ । नेविसंघका उम्मेदवार गोविन्द कोइराला झण्डै दोब्बर मतले सभापतिमा विजयी भए । सभापतिका लागि अनेरास्ववियुका प्रमित विष्ट र स्वतन्त्र उम्मेदवार सागर न्यौपाने पनि प्रतिस्पर्धामा थिए ।

यसअघि चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भएको थियो । त्यसपछि चैत १३ गतेका लागि मिति तय भयो । क्याम्पसको मूल गेटमा नै तालाबन्दी भएपछि त्यो दिन पनि चुनाव रोकिएको थियो ।