काठमाडौँ । काठमाडौँ लगातार विश्वकै प्रदूषित सहर भएको छ । पछिल्लो समय वर्षा पनि हुन नसक्नु र मौसम पनि खुल्न नसक्दा वायू प्रदूषणले काठमाडौँ सहर अस्तव्यस्त भएको छ ।
तुवाँलोका कारण हवाई उडानसमेत सहज हुन सकेको छैन । मंगलबार बिहान काठमाडौँको एयर क्वालिटि इन्डेक्स एक्यूआई २६८ रहेको छ । यो भनेको निकै प्रदूषित हो ।
दोस्रो स्थानमा भारतको दिल्ली रहेको छ । दिल्लीको एक्यूआई २२८ रहेको छ । तेस्रो स्थानमा थाइल्याण्डको चियाङ माई रहेको छ । चौथोमा चीनको वुहान तथा पाँचौँमा पाकिस्तानको लाहोर रहेको छ ।
स्वास्थ्य प्रतिकूल
काठमाडौँको प्रदूषणले रोग निरन्तर बढिरहेको छ । स्वास्थ्यकर्मीहरुका अनुसार वायु प्रदूषणका कारण भाइरल बढिरहेको छ । रुघाखोकी बढिरहेको छ ।
त्यस्तै छालाको रोग हुने, आँखा चिलाउने लगायतका रोग पनि बढेको चिकित्सकहरु बताउँछन् । सकभर बाहिर ननिस्कन र निस्कनै परे मास्क लगाएर निस्कन पनि चिकित्सकहरुले आग्रह गरेका छन् । मौसमविद्हरु तत्काल काठमाडौँमा वर्षा हुने सम्भावना कम रहेको बताउँछन् । सरकारलेसमेत प्रदूषण कम गर्ने कुनै योजना बनाएको छैन ।


प्रतिक्रिया