चितवन,१६ पुस। सफा उर्जा उत्पादन प्रा.लि.मा आबद्ध भएर फोहोर संकलन र व्यवस्थापनको काम गरिरहेका सरसफाईकर्मीहरुलाई व्यक्तिगत सुरक्षा तथा प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिइएको छ । रत्ननगर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा फोहोर संकलनका क्रममा सरसफाईकर्मीले प्रयोग गर्ने सुरक्षाका साधनको प्रयोग गर्ने तरिका र कार्यक्षेत्रमा घाइते हुँदा तत्काल गरिने प्राथमिक उपचार तथा उद्योगमा काम गर्दा अपनाउने पर्ने सावधानी तथा आइपर्ने विपद्को न्यूनीकरणको बारेमा प्रशिक्षण दिएको हो ।
पूर्वी चितवनका पालिकालाई शून्य फोहोर बनाउने उद्देश्यले प्रतिफल निकाल्ने गरि काम भइरहेको को सफा उर्जा उत्पादन प्रा.लि.का सामुदायिक सम्पर्क निर्देशक रवि रोषीले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटनमा सफा उर्जा उत्पादन प्रा. लि. का निर्देशक निर्णय पौडेलले फोहोर संकलनको लागि फिल्डमा खटिने कर्मचारीको सुरक्षाको लागि व्यक्तिगत सुरक्षा र प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिइएको बताउनुभयो । प्रा.लि.ले विगत एक बर्ष अघिदेखि रत्ननगर र खैरहनी नगरपालिकाका फोहोर संकलन र व्यवस्थापनको काम गरिरहेको उहाँले बताउनुभयो ।
स्थानीय सरकारको सहकार्यमा संकलित फोहोरबाट जैविक मल र प्रयोगमा आउने सामाग्री निर्माण गर्ने गरि खैरहनीको चैनपुरमा ठुलो लगानीमा उद्योग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको प्रा.लि.का निर्देशक पौडेलले जानकारी दिनुभयो ।सफा उर्जाले पूर्वी चितवनका चारवटै पालिकाको फोहोर संकलन, व्यवस्थापन र प्रशोधनको लागि अन्य दुई कालिका र राप्ती नगरपालिकासंग पनि सहकार्य गर्ने प्रयास भइरहेको छ । कार्यक्रममा सफा उर्जाका प्रतिनिधि वसन्त रानामगरले व्यक्तिगत सुरक्षा र प्राथमिक उपचारको विषयमा सहजीकरण गरेका गर्नुभएको थियो ।कार्यक्रममा सरसफाईकर्मी, उद्योगमा कार्यरत कर्मचारी सहित सरसफाई अभियान्त तथा संरक्षणकर्मीहरुको सहभागिता रहेको सफा उर्जा उत्पादन प्रा.लि. का इश्वर खड्काले जानकारी दिनुभयो । सफा उर्जाले उद्योग र फिल्डमा खटिने कार्मचारीहरुले अन्तराष्ट्रिय मापदण्ड अनुसार सुरक्षाका सामाग्री प्रयोगलाई अनिबार्य गरेको छ ।


प्रतिक्रिया