मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दैगर्दा राप्रपा सांसदद्वारा अवरोध प्रयास

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दैगर्दा राप्रपा सांसदद्वारा अवरोध प्रयास

न्यूजस्टोरी

काठमाडौं । प्रतिनिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दा राप्रपाका सांसदहरुले अवरोध प्रयास गरेका हुन् ।
प्रधानमन्त्रीले चैत १५ गते तीनकुनेमा भएको हिंसाको विषयमा पूर्व राजा जिम्मेवार भएको टिप्पणी गरेपछि राप्रपाका सांसदहरु उठेर हल्ला गरे । सांसद ज्ञानेन्द्रबहादुर शाहीले गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गरेको विषयलाई ‘कथित’ भनेको भन्दै आपत्ति जनाएपछि राप्रपाका सांसदहरु उठेर विरोध जनाएका थिए । प्रधानमन्त्रीले असंसदीय भाषा प्रयोग गरेको भन्दै उनले रेकर्डबाट हटाउन माग गरे ।
हल्लाकै बीच प्रधानमन्त्रीले आफ्नो भनाइ राखेका छन् ।