मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिराहाको औरहीका दीपक मल्लिकको घर प्रदेश सरकारले बनाइदिने

सिराहाको औरहीका दीपक मल्लिकको घर प्रदेश सरकारले बनाइदिने

न्यूजस्टोरी

सिराहा, १६ चैत्र । सिराहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा विस्थापित दीपक मल्लिकको घर प्रदेश सरकारले बनाइदिने भएको छ ।

मदन भण्डारी आवास कार्यक्रममार्फत मधेश सरकारको पाँच लाख ६० हजार लागतमा घरमा निर्माण हुने भएको हो । घरमा दुई कोठा, भान्सा र शौचालय हुनेछ । एक हप्ताभित्रै घर निर्माण कार्य शुरू हुने मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिनुभएको छ ।

भोलि चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गएको फागुन १० गते दलित भन्दै महायज्ञस्थलमा रहेको दीपक मल्लिकको घर भत्काइएको थियो ।

गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दीपक यादव र बजरङ्गी बाबाले डोजर लगाएर घर भत्काइदिएको घटना सार्वजनिक भएको थियो ।

घटनापछि पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीपकुमार यादव हिजो धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत सिराहाका न्यायाधीश विदुर काफ्लेको इजालसले जनही एक लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो ।

दलित परिवारको घरमा डोजर चलाउन निर्देशन दिने महायज्ञका मूल पुजारी बजरङ्गी बाबा भने फरार छन् ।