मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजावादीले हिंसा मच्चाएको तीनकुने क्षेत्रको गृहमन्त्रीले निरीक्षण गर्ने

राजावादीले हिंसा मच्चाएको तीनकुने क्षेत्रको गृहमन्त्रीले निरीक्षण गर्ने

न्यूजस्टोरी

काठमाडौं, १६ चैत्र । गृहमन्त्री रमेश लेखक तीनकुने कोटेश्वर क्षेत्रको निरीक्षण गर्ने भएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई गद्दीमा फर्काउने उद्देश्यले गरिएको राजावादीको प्रदर्शनका क्रममा तीनकुने कोटेश्वर क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।
हिजो शुक्रबार भएको प्रदर्शनको क्रमका हिंसा मच्चाउँदा दुई जनाको ज्यान गएको थियो । उनीहरुले कैंयौं निजी घरसम्पत्ति र सपिङ मलमा आगजानी, तोडफोड र लुटपाट मच्चाएका थिए ।
राजावादीहरुले प्रहरी कार्यालय तोडफोड गर्ने गाडी जलाउने, पार्टी कार्यालय जलाउने काम गरेका थिए भने जडिबुटीस्थित जडिबुटी प्रशोधन कारखानामा आगजनी गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्रलाई गद्दीमा फर्काउने उद्देश्यले गरिएको राजावादीको प्रदर्शनका क्रममा तीनकुने कोटेश्वर क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।