काठमाडौं, १५ चैत्र । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले राजावादीहरूलाई लक्षित गर्दै नेपाली नागरिकलाई प्रभुहरूको खाँचो नभएको टिप्पणी गर्नुभएको छ ।
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा आज काठमाण्डौमा गरेको आमसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले केही तत्त्वहरू गणतन्त्र उल्ट्याउने प्रयासमा रहेको भन्दै नागरिकलाई प्रभुहरूको खाँचो नभएको टिप्पणी गर्नुभएको हो । नागरिकका सबै चाहनाहरू पूरा हुन नसके पनि नागरिकले गणतन्त्रप्रति गौरव गरिरहेका उहाँको जिकिर छ ।
विप्लवले भन्नुभयो, ‘हामी दलाल पूँजीवादको विरुद्धमा लडेका हौँ । सामन्तवादी बन्धन, सामन्तवादी प्रवृत्ति, सामन्तवादी हैकम र अधिनायकवादीलाई नेपाली नागरिकले परास्त गरेर गणतन्त्रमा प्रवेश गरेका हौँ । हामीहरूलाई प्रभुहरूको खाँचो छैन । हामीलाई महासामन्तहरूको खाँचो छैन ।’
महासचिव विप्लवले गणतन्त्रको पक्षमा लडेका नागरिक अधिकार सम्पन्न भइनसकेका कारण आफूहरू अगाडि बढ्न खोजिरहेको बताउनुभयो ।


प्रतिक्रिया