काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नेतृत्व परिवर्तनप्रति उद्योगीहरु खुसी देखिएका छन्। नेपाल सिमेन्ट उत्पादक संघले विज्ञप्ति जारी गर्दै भारतबाट थप बिजुली ल्याएर उद्योगहरुमा लोडसेडिङ हटाउन खोजेको भन्दै खुसी व्यक्त गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘हालै नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरण समेतको पहलमा अब भारतबाट रातिको समयमा पनि थप विद्युत आपूर्ति हुने र औद्योगिक क्षेत्रमा लोडसेडिङ्ग पूर्ण रुपमा हटाउने भनी प्रकाशित, प्रचारित समाचार, सूचना, जानकारीबाट नेपाल सिमेन्ट उत्पादक संघ र यस संघसँग आबद्ध उद्योगी व्यवसायीहरु लोडसेडिङ्ग घट्नेछ भन्ने आशाका साथ उक्त विषय प्रति अत्यन्तै सकारात्मकताका साथ हर्षित भएका छौँ।’


प्रतिक्रिया