मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चल्न सकेन प्रतिनिधि सभा बैठक पनि, समय सारियो

चल्न सकेन प्रतिनिधि सभा बैठक पनि, समय सारियो

न्यूजस्टोरी

काठमाडौं । प्रतिनिधि सभाको बैठक पनि बिहीबार दिउँसो २ बजेलाई सरेको छ । प्रतिनिधि सभा बैठक बिहीबार ११ बजेलाई तय भएको थियो । तर प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाएको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको जबाफ मागेका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले प्रक्रिया पुर्‍याएर कर्मचारी हटाएको जबाफ सदनमा नदिने अडान राखेपछि बैठक चल्न नसकेको हो । सदन चलाउने विषयमा सभामुख देवराज घिमिरे छलफलमै छन् । प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले राष्ट्रिय सभा बैठक आज पनि चल्न दिएनन् । विपक्षी दलहरूको अवरोधको कारण राष्ट्रिय सभा बैठक एक घण्टा स्थगित भएको छ ।