मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संक्रमणकालीन न्यायमा राजनीति नगरौं : प्रचण्ड

संक्रमणकालीन न्यायमा राजनीति नगरौं : प्रचण्ड

न्यूजस्टोरी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा राजनीति दलहरूबीच विमति नहुने बताएका छन् । आज (बिहीबार) संक्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शान्ति सम्झौताका विषयमा विगतका दिनमा पनि राजनीतिक दलबीच तिक्तता नभएको र आगामी दिनमा पनि नहुने विश्वास व्यक्त गरेका हुन् ।

‘पीडितहरूलाई सम्बोधन गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा राजनीतिक तहमा विवाद भएन । राजनीतिक दलहरूमा अहिले पनि विवाद छन् । प्रमुख दलहरू कोही सत्तापक्षमा छौं कोही विपक्षीमा छौं । विगतमा पनि तमाम विवाद भएपनि शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने विषयमा कहिले पनि विवाद भएन । हुँदैन पनि ।’

उनले टीआरसी विधेयक ढिलै पारित भए पनि राजनीतिक कारणले भने ढिलाइ नभएको दावी गरे । टीआरसी विधेयक पारित भइसकेको र आयोग गठनका लागि पनि सिफारिस समिति गठन भइसकेको बताउँदै पीडितहरूको न्याय दिने प्रक्रियालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

उनले शान्ति प्रक्रियाको जटिल विषयलाई टुंगोमा पुर्याउन धेरै जोखम मोलेको बताउँदै शान्ति प्रक्रियालाई सफलतापूर्वक अघि बढाउन आफ्नो पार्टी विभाजनबाट गुज्रे पनि गुज्रोस् भनेर जोखिम मोलेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउन सबै एकजुट हुनुपर्ने बताए। नेपालको शान्ति प्रक्रिया आफैमा मौलिक रहेको उनको भनाइ छ ।