अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर वृद्धिसम्बन्धी नयाँ घोषणा गरेका छन् । यसअनुसार अमेरिकामा आउने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत महसुल लगाइने भएको छ ।
ट्रम्पको यो कदमले विश्वव्यापी व्यापार युद्ध शुरू हुने सम्भावना बढाएको छ । ट्रम्पले नयाँ ट्यारिफ अप्रिल २ देखि लागु हुने बताएका छन् । कार पार्टपुर्जामा यो शुल्क केही समयपछि लागु हुनेछ।
राष्ट्रपतिले आफ्नो कदमले कार उद्योगमा ‘ठूलो बृद्धि’ हुने दाबी गरेको बीबीसीले जनाएको छ । उनले यो कदमले अमेरिकामा रोजगारी र लगानी पनि बढाउने दाबी गरेका छन् । ट्रम्पको यो कदमले अमेरिकामा महत्वपूर्ण कार उत्पादनलाई अस्थायी रूपमा रोक्न सक्ने, मूल्य बढ्न सक्ने र सहयोगी राष्ट्रहरूसँगको सम्बन्धमा तनाव निम्त्याउन सक्ने विज्ञहरूको चिन्ता छ ।
अमेरिकामा कार पठाउनेमा मेक्सिको सबैभन्दा अगाडि छ । यसपछि दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी परेका छन् । ट्रम्पको यो नयाँ कदमले विश्वव्यापी कार व्यापार र यसको आपूर्ति श्रृंखलालाई असर गर्ने खतरा रहेको समाचारमा उल्लेख छ ।


प्रतिक्रिया