काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार निर्वाचनसम्बन्धी एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो आदेशले मतदानका लागि वैध अमेरिकी नागरिकताको प्रमाण देखाउनुपर्ने, चुनावको दिनसम्म सबै मतपत्रको समीक्षा गर्नुपर्ने भनेको छ ।
आदेशअनुसार मतदाता दर्ता फारममा सरकारले जारी गरेको नागरिकता प्रमाण अनिवार्य चाहिन्छ । महान्यायाधिवक्तालाई राज्यका निर्वाचन अधिकारीसँग जानकारी साझाका लागि सम्झौता गर्न, धाँधली वा कानून उल्लंघनका घटना पत्ता लगाउन भनिएको छ। यस्ता नियम मान्ने राज्यलाई मात्र संघीय निर्वाचन कोष दिने सर्त पनि राखिएको छ ।
विज्ञहरूले यो कदमले लाखौं मतदातालाई मताधिकारबाट वञ्चित गर्ने भन्दै आलोचना गरेका छन् । ट्रम्पले निर्वाचन सहायता आयोगलाई संघीय मतदाता दर्ता फारममा सरकारले जारी गरेको नागरिकता प्रमाण अनिवार्य गर्न निर्देशन दिएका छन् ।


प्रतिक्रिया