शेखर छत्कुली
धनुषा, १२ चैत्र
सशस्त्र प्रहरी बल नेपालले अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको करिव २० लाख रुपैया मुल्य बराबरको लता कपडा नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुर धनुषाले भारतबाट मोटर साईकलमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको सो मुल्य बराबरको लत्ता कपडा नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुर धनुषाका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक डिएसपी सुरज रिजालको कमाण्डमा रहेको टोलीले धनुषाको बैदेही नगरपालिका २ सरिता गाछी एरियाबाट नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सामानहरुमा साडी कुर्ता शुरुवाल लेडिज टप लगायत रहेकाछन ।
तस्करहरुले भारतबाट धनुषाको बैदेही तर्फ ६ वटा मोटर साईकलमा राखेर लगी रहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीलाई देखेपछी तस्करहरुले उक्त मोटर साईकल र कपडा छाडेर भागेको सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज रिजालले जनाएकाछन । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको लता कपडा र मोटर साईकल जनकपुर भन्सार कार्यालयमा बुझाउने तयारी भै रहेको रिजालले बताएकाछन ।


प्रतिक्रिया