मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादीको जागरण अभियान फेरि स्थगित, काठमाडौं फर्कदै नेताहरू

माओवादीको जागरण अभियान फेरि स्थगित, काठमाडौं फर्कदै नेताहरू

न्यूजस्टोरी

काठमाडौ‌ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान फेरि स्थगित भएको छ । गत फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान फागुन २४ गते बारा पुगेर स्थगित भएको थियो ।

उक्त अभियान बिहीबारदेखि बाराबाटै पुनः सुरू भएको थियो । चितवनसम्म आइपुगेको अभियान सोमबारदेखि स्थगित भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले चैत १५ गते काठमाडौं विरोध सभा गर्दैछ । त्यसको तयारीका लागि जागरण अभियान केही दिनका लागि स्थगित गरिएको आचार्यले बताएका छन् । आज सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुको भेटवार्ता समेत हुँदैछ ।

‘नेताहरू आजै काठमाडौं फर्कदै हुनुहुन्छ,’ उनले सुनाए । काठमाडौंको कार्यक्रम सकिएपछि माओवादीले बैठक गरेर पुनः अभियानलाई निरन्तरता दिनेछ । अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भएको छ । अब गण्डक क्षेत्र हुँदै सुदूरपश्चिमसम्म अभियान अन्तर्गका कार्यक्रम हुनेछ । नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर बाँकी छ ।