मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, १५ घाइते

अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, १५ घाइते

न्यूजस्टोरी

काठमाडौं । संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीनजनाको मृत्यु भएको छ । १५ जना घाइते छन् । स्थानीय समयानुसार राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको लस क्रुसेस प्रहरीले जनाएको छ । पीडितको पहिचान अज्ञात छ । प्रहरीका अनुसार, घाइते व्यक्तिहरू १६ देखि ३६ वर्ष उमेरका छन् ।

आक्रमणका विषयमा हालसम्म कसैलाई पक्राउ गरिएको छैन । तर, प्रहरीले सक्रिय रूपमा धेरै सुराग खोजिरहेको छ । लस क्रुसेसका प्रहरी प्रमुख जेरेमी स्टोरीले एक पत्रकार सम्मेलनमा यङ पार्कमा एउटा ‘अवैध कार शो’मा दुई समूहबीचको झगडा गोलीबारीमा परिणत भएको बताए । घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको उनले जानकारी दिए ।

लस क्रुसेस फायर चिफ माइकल डेनियलले एक पत्रकार सम्मेलनमा सात घाइतेलाई स्थानीय अस्पतालबाट थप उपचारका निम्ति एल पासो लगिएको बताए । चार घाइते उपचारपश्चात् ‘डिस्चार्ज’ भइसकेका छन् । अरू चारजनाको अवस्था अज्ञात रहेको उनले उल्लेख गरे । यो हाम्रो समुदायका निम्ति दुःखद दिन हो । म समुदायलाई एकसाथ भेला हुन, बलियो र एकताबद्ध भएर उभिन र हाम्रो सहरमा भएको यो दुःखद घटनाको सामना गर्न आग्रह गर्न चाहन्छु,” उनले भने ।

लस क्रुसेस अमेरिका–मेक्सिको सीमाबाट लगभग ४१ माइल उत्तरमा चिहुआहुआन मरुभूमिको किनारमा अवस्थित छ ।