मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा ढुङ्गाले हानेर एक व्यक्तिको हत्या

भक्तपुरमा ढुङ्गाले हानेर एक व्यक्तिको हत्या

न्यूजस्टोरी

काठमाडौ‌ । भक्तपुरमा एक व्यक्तिको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । आइतबार बिहान ५ः५५ बजे मध्यपुर ठिमी नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङमा एक पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

मृतक खोटाङ केपिलासगढी गाउँपालिका–२ घर भई बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राई हुन् । उनी कवाडी सामान टिप्ने काम गर्थे । उनका अनुसार घटना शंकास्पद छ । राईको कानको छेउ र टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ ।

‘ढुंगाले हिर्काएर हत्या भएको देखिन्छ । घटनास्थल नजिकैबाट रगत लागेको ढुङ्गा बरामद गरेका छौं,’ डिएसपी नेउपानेले भने । प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गरिसकेको भने छैन । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।