मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस चौतारी नेपालको महाधिवेशन आजबाट, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने

प्रेस चौतारी नेपालको महाधिवेशन आजबाट, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने

न्यूजस्टोरी

विराटनगर, १० चैत्र । श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजबाट विराटनगरमा सुरु हुँदै छ । तीन दिनसम्म चल्ने केन्द्रीय महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजेपछि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आजबाट सुरु हुने महाधिवेशनका संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्य र प्रतिनिधिहरू विराटनगर आइ पुगिसकेका छन । माउ पार्टी नेकपा एमालेका नेता तथा महाधिवेशन प्रतिनिधिहरू समेत धेरै जसो आज नै महाधिवेशन स्थलमा आइसक्ने जनाइएको छ । महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव हिरामान लामाले जानकारी दिए ।
अतिथी, केन्द्रीय पदाधिकारी र सदस्यलाई हिजोबाट र प्रतिनिधिलाई भने आज र भोलीका लागि आवासको व्यवस्था गरिएको छ । अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा तथा भावी नेतृत्व चयन यस महाधिवेशनले गर्ने महासचिव लामाले जानकारी दिएका छन् ।
चौतारीको भावी अध्यक्षका लागि दुई जनाले उम्मेदवारी घोषणा गरिसकेका छन । जसअनुसार उपाध्यक्ष राजेश राई र गणेश पाण्डेले भावी नेतृत्वका लागि प्रतिस्पर्धाका लागि घोषणा गरिसकेका छन् । अहिलेसम्म राई र पाण्डे बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

अन्य पदका लागि पनि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा जारी रहेको बेला नेतृत्व भने सर्वसम्मत चयनको लागि प्रयासमा लागेको छ । संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर, पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने जनाइसकेका छन् ।