मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिक उन्मुक्ति केन्द्रीय समितिको बैठक आज पनि

नागरिक उन्मुक्ति केन्द्रीय समितिको बैठक आज पनि

न्यूजस्टोरी

काठमाडौं, ९ चैत्र । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । प्रथम महाधिवेशन सम्पन्न भएपछि हिजोबाट सुरू भएको पहिलो केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको हो ।

मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बसिरहेको बैठकमा संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठलगायत समसमायिक राजनीतिक बिषय र अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दीका बारेमा धारणा राख्दै सम्बोधन गरेका थिए ।
बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको छ ।
साथै, पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरूपनि केन्द्रीय समिति बैठकमा बस्नेछन् ।

आज केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि जवाफ दिएर बैठक आजै सकाउने तयारी रहेको छ ।

उन्मुक्तिको पहिलो महाधिवेशन गत वर्ष पुस २६(२८ गतेसम्म कैलालीको टिकापुरमा सम्पन्न भएको थियो । पहिलो महाधिवेशनले रेशम चौधरीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरे पनि अदालतको आदेशका कारण उनी पदमुक्त हुनु परेको थियो ।