मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा जाँदै रवि

काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा जाँदै रवि

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज पाटन उच्च अदालत जाँदै छन् ।

उनले स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध आज पाटन उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराउने भएका हुन्। शुक्रबार ११ बजे अदालत जाने लामिछानेको सचिवालयले जनाएको छ ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो।

फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराउन लागेका हुन्।