मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महायज्ञको नाममा दलितको घर डोजर लगाएर भत्काएपछि सांसदहरुद्वारा कारबाहीको माग

महायज्ञको नाममा दलितको घर डोजर लगाएर भत्काएपछि सांसदहरुद्वारा कारबाहीको माग

न्यूजस्टोरी

काठमाडौं । प्रतिनिधि सभाका सदस्यहरूले सिरहाको औरही-५ मा दीपक मलिक (डोम) र अनिता मलिक डोमको घर भत्काएर महायज्ञको तयारी गर्न लागेकोमा प्रश्न उठाएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरु जीवन परियार, अब्दुल खान, मनिष झा, अमरेश कुमार सिंह, सम्झना थपलिया लगायतले दीपक र अनिताको घर मन्दिरछेउबाट हटाएर गाउँपालिका अध्यक्ष सिद्धी यादव, आयोजक बजरंगी बाबा र पूर्व वडाध्यक्ष दिलिप यादवले गाउँभन्दा पाँच सय मिटर पर एकान्तमा राखिएकोमा सरकारको ध्यानाकर्षण गराएका छन्।

उनीहरूले दलितको घर भत्काएर महायज्ञको तयारी गरिएकोमा घोर भर्त्सना गर्दै गाउँपालिका अध्यक्ष सहित आयोजक र पूववडाध्यक्षलाई कारबाहीको माग गरेका छन्। पीडित दीपक र अनिता गाउँपालिकाको सरसफाइ कर्मचारी भएर काम गरिरहेको र उजुरी गरे पालिकाको कामबाटै निकालिदिने भएकाले उजुरी समेत गर्न नसकेको सांसदहरूको भनाइ छ।

महायज्ञको तयारीका लागि भन्दै स्थानीय अगुवाले दीपक र अनिताको घर डोजर लगाएर भत्काइदिएका थिए।