काठमाडौं । नेपाली कांग्रेस सांसद विमलेन्द्र निधिले नेपालमा राजतन्त्र फर्किने अवस्था नरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद निधिले राजतन्त्र फर्किने सम्भावना नभएको भन्दै सपना नदेख्न राजावादीहरूलाई चेतावनी समेत दिए। उनले धैर्यता र सहनशीलताको सीमालाई पार नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सचेत समेत गराए।
उनले राजतन्त्र जनताले नै नरुचाएकाले फर्किने सम्भावना नरहेको बताए। सांसद निधिले राजनीतिक अधिकारको उपभोग गर्न नदिएका कारण विगतमा आफू निरुङ्कुस राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध लड्दा जेल जानुपरेको बताए। निरुङ्कुस राजतन्त्रका कारण हजारौं युवा विद्यार्थीहरू जेलमा परेको उनले बताए।
राजतन्त्रको दुष्प्रमाण नेपाली जनताले भोगिसकेको बताउँदै उनले राजतन्त्र फर्किने चेष्टा नगर्न चेतावनी समेत दिए। उनले भने,राजतन्त्रको दुष्प्रमाण नेपाली जनताले भोगिसकेका छन्। यसैकारण सार्वभौमजनताले संविधानमार्फत् छलफल गरेर नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी गणतन्त्र ल्याइसकेको अवस्था छ। राजतन्त्रको समाप्ति गरिसकेका छौं, ‘उनले भने,’दुईचारजना बोल्दैमा केही हुनेवाला छैन। बोल्ने अधिकार सबैलाई छ। गणतन्त्रवादी हामी यसबारे प्रतिवद्ध छौं। कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किदैन। कुनै पनि किसिमको राजतन्त्र फर्किने अवस्था छैन। जनताले चाहेका छैनन्। रुचाएका छैनन्। यसमा हेक्का रहोस्।’


प्रतिक्रिया