मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैत २४ गते सार्वजनिक बिदा, यी हुन् मन्त्रिपरिषद्का निर्णय

चैत २४ गते सार्वजनिक बिदा, यी हुन् मन्त्रिपरिषद्का निर्णय

न्यूजस्टोरी

काठमाडौं । सरकारले चैत २४ गते (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार (चैत ४ गते) बसेको मन्त्रिपरिषद्को बैठकले रामनवमीका अवसरमा चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार, बैठकले राष्ट्रिय विपद् जोखिम प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेशप्रसाद भट्टलाई नियुक्त गरेको छ । यस्तै, ऋण असुली न्यायाधीकरणको बैंकिङ सदस्यमा नरेशराज अर्याललाई नियुक्त गरेको छ ।

यसैगरी, जनक शिक्षा सामाग्री केन्द्रको प्रवन्ध सञ्चालक पदमा यदुनाथ पौडेललाई नियुक्त गर्न सञ्चालन समितिलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता गुरुङले जानकारी दिए ।

बैठकले नेपाली सेनातर्फ उपरथी पद एकमा विशेष बढुवा, सहायक रथी पद एकमा बढुवा र सहायक रथी पद एकमा पदावधि थप गर्ने निर्णय गरेको छ ।

यस्तै, विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।