मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निरन्तर ओरालो शेयर बजार, २७ सय तल झर्‍यो नेप्से

निरन्तर ओरालो शेयर बजार, २७ सय तल झर्‍यो नेप्से

न्यूजस्टोरी

काठमाडौं । अघिल्लो साता ८१.९५ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साता पनि निरन्तर ओरालो दिशामा छ । आइतबार देखि निरन्तर घटेको नेप्से आज मंगलबार पनि ७.६६ अंकले घट्यो ।

मंगलबार नेप्सेमा आएको गिरावटसँगै नेप्से २७ सय बिन्दु तल २६९७.०४ मा पुगेको छ । नेप्सेमा गिरावट आएसँगै आज भएको शेयर कारोबारमा १५२ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ८६ वटा कम्पनीको शेयर मूल्य बढ्यो । ५ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै फेरबदल भएन ।

आज नेप्से घटेसँगै अन्य उपसमूह बाहेक सबैको सूचक घट्न पुगेको छ । तरपनि आज नेप्सेमा भएको शेयर कारोबारमा महिला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । त्यस्तै, आजको शेयर कारोबारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाएका छन् ।

आज नेप्सेमा ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार २६३ रुपैयाँको ८२ लाख ३७ हजार ९०२ कित्ता शेयर खरिद बिक्री भएको थियो । आजको शेयरबजारसँगै नेप्सेको पुँजीकरणमा ०.२८ प्रतिशतले गिरावट आएको छ ।