काठमाडौं । ललितपुरको पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गतको मतदान स्थगित भएको छ ।
मतदाता परिचयपत्र विवादका कारण सुरु भइसकेको मतदान स्थगित गरिएको हो । यो क्याम्पसमा आज (मङ्गलबार) बिहान ८ बजेपछि मतदान सुरु भएको थियो । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ ।
काठमाडौं उपत्यकाका अधिकाङ्श क्याम्पसमा भने स्ववियु निर्वाचन स्थगित भएको छ । त्रि–चन्द्र, रत्नराज्य (आरआर), ल, विश्वभाषा, वाल्मीकि, अस्कल, सरस्वती, शङ्करदेव, पब्लिक युथ, बानेश्वर र कोटेश्वरलगायत क्याम्पसमा स्थगित भएको हो ।
अधिकाङ्श क्याम्पसमा विवादका कारण निर्वाचन स्थगित भएको पाइएको छ ।
नेपाल कमर्श, थापाथली र पुल्चोक इन्जिनियरिङमा भने मतदान जारी छ ।
कीर्तिपुरको केन्द्रीय क्याम्पस र पद्मकन्यामा भने यही चैत ८ गते निर्वाचन हुँदैछ ।


प्रतिक्रिया