मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंबाट हेटौडा जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी इन्द्रसरोवरमा दुर्घटना

काठमाडौंबाट हेटौडा जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी इन्द्रसरोवरमा दुर्घटना

न्यूजस्टोरी

मकवानपुर । मकवानपुरमा भारतीय नम्बर प्लेट भएको गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

सोमबार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छास्थित दक्षिणकाली सडक खण्डमा भारतीय नम्बर प्लेट युपी ७० एनटी ६९१७ नम्बरको गाडी दुर्घटना भएको हो।

गाडी काठमाडौंबाट हेटौंडा जाँदै गरेको र ब्रेक फैल भएर बायाँ साइडमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। भित्तामा ठोक्किएपछि गाडी सडकमै पल्टिएको थियो।

गाडिमा १७ जना सवार रहेको र त्यसमध्ये ४ जना घाइते भएको डिएसपी अर्यालले जानकारी दिए। घाइतेहरूमा उत्तरप्रदेशको रायबरेलीका ५५ वर्षीय राजकरण तिवारी, ३८ को जितेन्द्र प्रताप सिंह, ४४ को अजय मिश्र र ३८ वर्षीय अभयप्रताप सिंह छन्।